बुद्ध जयन्तीको मूल समारोह उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनी आउँदै
रुपन्देही । २५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को मूल समारोह उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुुक्रबार लुम्बिनी आउने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बिहान ९ बजे हेलिकोप्टर मार्फत प्रचण्ड लुम्बिनी आउने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले दिएको जानकारी अनुसार प्रचण्डले लुम्बिनीमा आयोजित दिवसको मूल समारोह उद्घाटन गर्नुका साथै लुम्बिनीको अवलोकन भ्रमण पनि गर्नेछन् ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोहको तयारी पुरा भएको लुम्बिनी विकास कोसका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहका साथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल व्यवस्थापन समिति र विभिन्न उप समितिहरू गठन गरी तयारी गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
शुक्रबार पूर्णिमाको दिन बिहान पूजा पाठ, शोभा यात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । त्यसैगरी २२ गते पाण्डितपुरदेखि रामग्राम अस्थि धातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तु सम्म बोधिसत्त्व सिद्धार्थको शोभा यात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने लुम्बिनी विकास कोषले जानकारी दिएको छ । लुम्बिनी दिवसको अवसरमा लुम्बिनी झकिझकाउ बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
-
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
-
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण