प्रचण्ड–ओलीबीचको छलफल अनिश्चित
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हुने भनिएको भेटवार्ता अनिश्चित भएको छ ।
दिउँसो ३ बजे भेटवार्ताका लागि समय निर्धारण भएपनि प्रधानमन्त्री लुम्बिनी र नवलपरासीका कार्यक्रममा सहभागी भएर फर्कन ढिला भएकाले दुई नेताबीचको भेटवार्ता अनिश्चित भएको हो ।
‘दुई नेताबीच दिउँसो ३ बजे सिंहदरबारमा भेटवार्ता गर्ने तय भएको थियो तर प्रधानमन्त्री लुम्बिनीबाट फर्कन नै ढिला हुनेभयो’, प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले भने, ‘फर्केपछि प्रधानमन्त्रीका अरु नै औपचारिक अनौपचारिक कार्यक्रम तालिकामा छन् ।’
प्रधानमन्त्री प्रचण्ड साढे तीन बजेसम्म पनि फर्किसकेका छैनन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै ओलीले प्रधानमन्त्रीसँगको भेटवार्ता बढाउन चाहेका छन् ।
बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटवार्तामा भुटानी शरणार्थी प्रकरणमा जोडिएका रायमाझीबारे ओलीले चासो राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
-
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
-
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण