बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

शनिबार, २३ वैशाख २०८०, १२ : ४४
शनिबार, २३ वैशाख २०८०

बुटवल । मायादेवीले बोधिसत्त्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकको रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ । 

सिद्धार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गसहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतिकका रूपमा आज लुम्बिनीबाट बोधिसत्त्व सिद्धार्थलाई तिलौराकोट दरबार लगिएको लुम्बिनी विकास कोषले जनाएको  छ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यलाई शिशु बुद्ध (बोधिसत्त्व सिद्धार्थ)को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो । 

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलौराकोट फर्कँदाको क्षणलाई स्मरण गरी बोधिसत्त्व बुद्धको मूर्तिको शोभा यात्रा गरिएको कोषका सदस्य सचिव सानु राजा शाक्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप