सत्ता गठबन्धनको बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने निष्कर्ष
काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकाले हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुनपर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हिताराज पाण्डेले बताए । यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिँदा रास्वपाले विश्वासको मत दिएको तर सरकारमा सहभागी नभएकाले पुनः विश्वासको मत लिनुनपर्ने बैठकमा नेताहरुले जोड दिएको उनले बताए ।
यस्तै बैठकमा प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बारेमा पनि छलफल भएको एक नेताले बताए । जनतामा निराशा देखिएकाले कस्ता योजना समेट्ने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
-
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
-
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण