घट्यो सुनको मूल्य, चाँदीको स्थिर
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तय गर्दै शुक्रबारको तुलनामा १२ सय रुपैयाँ प्रतितोलाले मूल्य घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो । जुन, प्रतितोला १ हजार २०० रुपैयाँले घटेर आज आइतबार कारोबारमा आएको हो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघले गत साताको शुक्रबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण