रिक्त एक मन्त्रालयमा जसपाले मन्त्री पठाउने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको वन तथा वातावरण मन्त्रालय मात्रै रिक्त भएको छ । वन मन्त्रालय जसपालाई परेकाले पार्टीले नै निर्णय गरेर पठाउने भएको हो ।
नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएपछि नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । रिक्त भएको वन मन्त्रीको नाम जसपाले पठाए लगत्तै मन्त्रालय फुलफिल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘वन मन्त्रालय जसपाको भागमा परेको छ । जसपाले उपेन्द्र जीलाई पठाउन कि अरूलाई पठाउँछ जसपाले निर्णय गर्ने भयो’ ति सचिवालय सदस्यले भने, ‘जसपाले आजै नाम पठाए आजै शपथ हुन्छ ।’
एक मन्त्रालय प्रभु साह वा अमेरशकुमार सिंहमध्ये एक जनालाई सरकारमा समेट्ने तयारी गरिएको थियो । अन्तिममा सत्ता गठबन्धनभित्रै भागवण्डा नपुगेपछि प्रभु र अमेरशकुमारले भाग नपाउने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले भने – आतंककारीहरूलाई मेटाउन सेनालाई स्वतन्त्रता दिएका छौँ
-
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
ठिमीमा जेसुम यात्रा : संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद