फिल्म ‘क्रस्ड विङ्स’ बुटवलमा प्रिमियर
काठमाडौँ । ललित भुसाल निर्देशित फिल्म ‘क्रस्ड विङ्स’ प्रिमियर गरिएको छ । फिल्मको शनिबार बुटवलको द्वारिका सिनेमा हलमा प्रिमियर गरिएको हो ।
चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको प्रिमियरमा चलचित्रकर्मी, फिल्मका कलाकार, स्थानीय बुद्धिजीवीलगायतको सहभागिता रहेको थियो ।
सामाजिक कुरीति र कुसंस्कार विरुद्ध बुलन्द आवाज गर्ने विषयवस्तुमा बनाइएको फिल्मको कथावस्तु मन छुने रहेको प्रिमियरमा सहभागी धेरैले बताए ।
फिल्ममा सानै छँदा बालिकाको संवेदनशील अङ्ग काटिदिने परम्परागत प्रथा पनि समेटिएको निर्देशक ललित भुसालले बताए । सांस्कृतिक रीतिका नाममा फैलिएको बाल शोषणको कठोर यथार्थतर्फ आँखा खोल्न फिल्मले बाध्य पार्ने उनले सुनाए ।
बेलायत, भारत र नेपालका आकर्षक स्थानमा छायाङ्कन गरिएको फिल्मको कथा एसियाको कुनै गाउँमा हुर्किरहेकी सानी बालिका रियाको दुर्भाग्यपूर्ण जीवन यात्रामा आधारित रहेको छ । फिल्ममा नेपालसहित संसारभरका गरेर ५० बढी कलाकारको अभिनय समेटिएको छ ।
फिल्म प्रदर्शनपछि यस क्षेत्रका कलाकार स्वर्गीय कुलचन्द्र पुरीलाई मरणोपरान्त सम्मान दिइएको थियो भने फिल्म हेर्न आएका कलाकार शान्तराम गिरी, फिल्ममा अभिनय गर्ने अभिनय गर्ने रोजिना भुसाललाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण