सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह–क्यान्टनमेन्ट घोटालाकाण्डको पनि फाइल खोल्नुहोस्

आइतबार, २४ वैशाख २०८०, १६ : १६
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् । आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताएका हुन् ।   

सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने उनले बताए । वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई उनले आग्रह गरे । 

अध्यक्ष लिङ्देनले देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा रहेको भएपनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको बताए । सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारको आगामी यात्रा पनि स्पष्ट नभएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप