नक्कली शरणार्थी प्रकरणमा ‘केपी ओली’माथि समेत छानबिन गर्न मेटमणी चौधरीको माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीमाथि समेत छानबिन गर्नुपर्ने माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले त्यतिबेलाको सिंगो सरकार नै यो प्रकरणमा लागेको दाबी गरे । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए भने गृहमन्त्री रामबहादुर थापा बादल रहेका थिए ।
उनले भने–‘तत्कालीन गृह सचिवले समेत नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषय स्वीकार गरिसकेको र त्यसबेलाका अन्य उच्च पदस्थ कर्मचारी र मन्त्रीहरुको समेत नाम मुछिन थालिएको छ र स्वीकार गरिने क्रम जारी छ । संभवत मलाई के लाग्दैछ भने स्वयं तत्कालीन सरकारले नै यो आपराधिक कार्यमा लागेको देखिएको थियो । त्यसैले जो जो यो कार्यमा विगतमा संलग्न थिए, त्यसबेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ । उहाँलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्छ । अनिमात्रै भष्टाचारीको अनुहार कस्तो छ, कसले भ्रष्टाचार गरेको थियो त्यो कुरा पत्ता लाग्न सक्छ ।’
उनले नागरिकता सम्बन्धी कानुन बनाएर सबै नागरिकलाई नागरिकता दिने काम गर्नपनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण