सिद्धार्थ बैङ्कले ल्यायो ‘सिद्धार्थ पे एन्ड सेभ खाता’
काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ पे एन्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ ।
शून्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत रु. १०० भन्दा बढीको विद्युतीय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ ।
डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागी आजैबाट स–सानो बचत गर्दै जान अभिप्रेरित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस खातामा बैङ्कले अभिभावक र बालबालिका दुवैको खातामा विशेष आकर्षणको रूपमा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ ।
साथै, ग्राहकहरूलाई यस खाता खोली यथाशीघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण