उमेर ६६ वर्ष, कक्षा ७
रामेछाप । अचेल मोहनबहादुर महत (६६) र उनकी श्रीमती रामकुमारी कार्की (५०) महत पुस्तक बोकेर सँगसँगै विद्यालय जान्छन् । महत जोडीसँगै उनीहरूका २ छोरी अनिषा र मनिषा पनि विद्यालय जान्छन् । सामान्य किराना पसल तथा कृषि पेसाले जीवन गुजारा गर्दै आएका मोहनबहादुरलाई यतिबेला पढ्न जाने जोस चलेको छ । ईसीडीमा र कक्षा २ मा पढ्ने सानी छोरी डोर्याउँदै लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटमा रहेको भृंगेश्वर माध्यमिक विद्यालय धारापानी पुग्छन् महत दम्पती ।
मोहनबहादुर र रामकुमारीजस्तै जानुका महत र वैकुण्ठ महतका दम्पती र धनबहादुर र प्रमिला महतका दम्पती पनि सँगसँगै विद्यालय जान्छन् । बालापनमा पढ्न नपाएको गुनासो छ, मोहनबहादुरको । ‘बालखैमा पढ्न त मन थियो नि पाइएन । अब यही उमेरमा भए पनि पढाइको तिर्सना मेट्न मन लाग्यो ।’ मोहनबहादुरले भने ‘पढाइबिना केही नहुने रहेछ भनेर यो उमेरमा बुझियो ।’ महत दम्पतीजस्तै महिला स्वयंसेविका पनि विद्यालयमा भर्ना जान थालेका छन् । नेपाल सरकारले महिला स्वयंसेविकाको शैक्षिक योग्यता कक्षा ८ पास अनिवार्य गरेसँगै महिला स्वयंसेविका जानुका महत र पार्वती महत पनि विद्यालय भर्ना भएका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
-
२०२६ विश्वकप अपडेट: ४८ मध्ये कुन-कुन राष्ट्र भए आउट ?
-
जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
-
‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएको जस्तो देखियो’
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण