रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
सारांश
- राष्ट्रिय सभा सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले संवैधानिक निकायले आफ्नो हैसियत किन गुमाए ? भन्दै प्रश्न गरेकी छन् ।
- झाँक्रीले अदुअआलाई पाँच घण्टा मात्र होइन, पाँच वर्ष अठ्याउँछौं भन्ने अवस्था कसरी आयो ? भन्दै प्रश्न गरेकी छन् ।
- उनले राष्ट्रिय मानव अधिकार आयोग पनि सरकारको शाखा बनेको हो भनेर प्रश्न गर्दै किन भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गरेन ? भनेकी छन् ।
काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले संवैधानिक निकायले आफ्नो हैसियत किन गुमाए ? भन्दै प्रश्न गरेकी छन् । नेकपा एमालेकी नेतृ समेत रहेकी झाँक्रीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उक्त प्रश्न गरेकी हुन् ।
‘हामी सबै सार्वजनिक पदमा रहेका बहाल वा पूर्व सबै व्यक्ति/पदाधिकारीलाई कुनै पनि उठेका विषयमा बोलाएर सोधपुछ, अनुसन्धान र बयान गराउन सक्ने हैसियत भएको अदुअआलाई पाँच घण्टा मात्र होइन, पाँच वर्ष अठ्याउँछौं भन्ने अवस्था कसरी आयो ?’ झाँक्रीले सामाजिक सञ्जालमा प्रश्न गर्दै भनेकी छन्, ‘जबकि बहालवाला प्रधानमन्त्रीमाथि पनि छानबिन गर्न सक्छ ।’
झाँक्रीले राष्ट्रिय मानव अधिकार आयोग पनि सरकारको शाखा बनेको हो भनेर प्रश्न गर्दै किन भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गरेन ? भनेकी छन् ।
भूतप्रवाही फौजदारी कानुन बनाएर कसैलाई पनि अपराधी ठहर गरी सजाय गर्न नमिल्ने बताएकी छन् । सरकारले कुनै पनि व्यक्ति/संस्थाउपर अनुसन्धान गर्न सक्ने भए पनि त्यसमा प्रतिशोधको गन्ध आउनु नहुने बताइन् । ‘मान्छेहरू तर्साएर चुप लगाउन खोजेको हो भने त्यसको पनि दिन आउँछ’, झाँक्रीले अगाडि भनिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले लिए सभापतिकाे शपथ
-
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई–स्पोर्ट्सका च्याम्पियन
-
तीन दिनदेखि हराइरहेका १० वर्षीय बालक जङ्गलमा मृत फेला, हत्याको आशङ्का
-
कांग्रेसको आन्तरिक विवाद मिलाउन नेता फेरिएको फेरियै, उपलब्धि शून्य
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण