सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
शुक्रबार, १२ असार २०८३, १५ : २१
सारांश
- सर्वोच्च अदालतको फैसलापछि बूढानीलकण्ठ स्कुलले आफ्नो स्वामित्वमा रहेको जग्गा संरक्षण तथा सीमाना निर्माणको प्रक्रिया अघि बढाएको छ।
- स्कुलको जग्गाभित्र अनधिकृत रूपमा निर्माण गरिएका जस्तापाताका टहरा तथा अन्य अस्थायी संरचना डोजर प्रयोग गरेर हटाइएको छ।
- स्कुलले सर्वोच्च अदालतको फैसलाअनुसार आफ्नो स्वामित्वमा रहेको जग्गाको संरक्षण गर्दै सीमाना निर्माणको तयारी सुरु गरेको जनाएको छ।
काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि बूढानीलकण्ठ स्कुलले आफ्नो स्वामित्वमा रहेको जग्गा संरक्षण तथा सीमाना (बाउन्ड्री) निर्माणको प्रक्रिया अघि बढाएको छ।
सोही क्रममा स्कुलको जग्गाभित्र अनधिकृत रूपमा निर्माण गरिएका जस्तापाताका टहरा तथा अन्य अस्थायी संरचना डोजर प्रयोग गरेर हटाइएको हो।
यसअघि स्कुल प्रशासनले सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई आफ्ना चल तथा अचल सम्पत्ति तोकिएको समयभित्र हटाउन आग्रह गरेको थियो। साथै, सूचना बेवास्ता गरी बाँकी रहेका संरचना हटाउने क्रममा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले व्यहोर्नुपर्ने चेतावनी पनि दिएको थियो।
स्कुलले सर्वोच्च अदालतको फैसलाअनुसार आफ्नो स्वामित्वमा रहेको जग्गाको संरक्षण गर्दै सीमाना निर्माणको तयारी सुरु गरिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण