रोल्पाका चार स्थानीय तहमा आफ्नै प्रहरी
रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन् । जिल्लाका रोल्पा नगरपालिका सहित सुनिलस्मृति,रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन् । रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ ।
नगर प्रहरीमा एक प्रहरी हवल्दार रहेका छन भने नौ प्रहरी जवान छन् । जिल्ला सदरमुकाममा रहेको रोल्पाले ट्राफिक व्यवस्थापन, वजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा समेत नगरप्रहरी परिचालन हुने गर्दछन् ।
जिल्लामा सबैभन्दा पहिला आफ्नै प्रहरी भर्ना गर्ने स्थानीय तह रुन्टीगढी गाउँपालिका हो । रुन्टीगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ । उसले एक जना प्रमुख नगर प्रहरी र आठ नगर प्रहरी पद सिर्जना गरी भर्ना गरेको हो । नगर प्रहरी सुरक्षा र विकास गतिविधिमा परिचालन हुँदै आएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले जानकारी दिए । “शान्ति सुरक्षालाई चुस्त राख्नका साथै अन्य गतिविधिमा समेत नगरप्रहरी परिचालित हुन्छन्”, उनले भने ।
जिल्लाको माडीले गाउँ प्रहरीको नाम दिएर आफ्नै प्रहरी भर्ना गरेको छ । उसले दुई महिलासहित सात गाउँ प्रहरी भर्ना गरेको हो । गाउँ प्रहरीमा एक प्रहरी सहायक निरीक्षक र छ प्रहरी जवान कार्यरत छन् ।
त्यसैगरी सुनिलस्मृतिले नगर प्रहरी भर्ना गरेको छ । पाँच नगर प्रहरी भर्ना गरेको सुनिलस्मृति गाउँपािलकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए । ट्राफिक व्यवस्थापन, बजार अनुगमन, शान्ति सुरक्षालाई चुस्त राख्नका समेत नगर प्रहरी परिचालित गरिएको उनले बताए ।
रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने सुनिलस्मृति, रुन्टीगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन् । स्थानीय तहले भर्ना गरेका प्रहरीलाई सलामी, पिटी परेट, भीड नियन्त्रण, रेक्यु, विपद व्यवस्थान तथा उद्धार र सामान्य हतियार सञ्चालनसम्बन्धी एक महिनासम्मको तालिम सञ्चालन गरिएको थियो । प्रहरीलाई कार्यालय सञ्चालन, ‘चेन अफ कमाण्ड’लगायतका विषयमा समेत तालिम दिइएको थियो ।
राजस्व सङ्कलन, न्यायिक समितिलाई सहयोग, सरसफाइ, पर्यटन गाइड र कार्यालय सुरक्षाको लागि उनीहरुलाई परिचालन गर्ने सोच स्थानीय तहहरुको भनाइ छ । नगर प्रहरीलाई सञ्चार सेट, खुकुरी र लठ्ठीको सहायताले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । स्थानीय तहहरुले भर्ना गरेको प्रहरीको खर्च व्यवस्थापन आन्तरिक स्रोतबाट हुँदै आएको छ । रोल्पामा एक नगरपालिकासहित दश स्थानीय तह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
-
त्यो एक मिनेट : जब पृथ्वीका ९९ प्रतिशत मानिसले एकैपटक उज्यालो पाउनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण