सडक सुधारको माग गर्दै सरकारविरुद्ध मुद्दा दायर
सुर्खेत । कर्णाली प्रदेशका सडक सुधारको माग गर्दै कर्णाली प्रदेश सरकारविरुद्ध रिट दायर भएको छ । सोमबार अधिवक्ता शेरबहादुर खत्री र उत्तम प्रसाद आचार्यले प्रदेश सरकारविरुद्ध रिट दायर गरेका हुन् ।
सडकले गर्दा कर्णालीमा वर्षे नि दुर्घटना हुने गरेको र सडकको गुणस्तर नभएको भन्दै उनीहरुले प्रदेश सरकारविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् । रिटमा कर्णाली प्रदेशका सडक र सार्वजनिक यातायात सेवाको गुणस्तर सुधार गर्न परमादेशको माग गरिएको छ ।
रिटमा भनिएको छ,‘ सार्वजनिक यातायात सेवाको गुणस्तर कमजोर भएको, यातायात सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा सवारी दुर्घटनाले जनधनको क्षति भएको र रोकथाम गरी नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको कुण्ठित भएको छ ।’
रिटमा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेशका १० जिल्लाका यातायात व्यवस्था कार्यालयहरु, कर्णाली प्रदेश ट्राफिक कार्यालय, दशवटै जिल्लाका प्रहरी, प्रशासन कार्यालहरु लगायत ७० वटा कार्यालयलाई विपक्ष बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण