आजबाट कक्षा १२ को परीक्षा - कानुन मिचेमा सबै परीक्षा रद्ध
काठमाडौं । यो वर्षको कक्षा १२ को परीक्षा आज मंगलबारबाट शुरू हुँदै छ । परीक्षामा तीन विषयमा नन ग्रेड (एनजी) ल्याएका समेत गरी ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्षको भन्दा यो वर्ष करिब ७१ हजार परीक्षार्थी थपिएका छन् ।
परीक्षामा १ हजार ४ सय ५७ केन्द्र कायम गरिएको छ । १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् । सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
सरकारले कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरेका कारण यो परीक्षा माध्यमिक तहको अन्तिम परीक्षाको रूपमा लिइएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शुरू हुनु आधा घण्टा अघि मात्र इमेलबाट प्रश्नपत्र पु¥याउने व्यवस्था भएको जानकारी दिए । परीक्षामा बोर्डले सबै केन्द्राध्यक्षलाई पासकोडको व्यवस्था गरेको छ । परीक्षा शुरू हुनुअघि प्रश्नपत्र प्राप्त भएपछि प्रिन्ट वा फोटोकपी गरेर विद्यार्थीलाई प्रश्नपत्र दिने व्यवस्था गरेको छ ।
परीक्षामा अनैतिक क्रियाकलाप गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाइने गरी कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ । परीक्षामा नियमविपरीत कार्य गर्ने विद्यार्थीमाथि १ वर्षसम्म परीक्षा रद्ध र १ लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण