बैंकले आधारदर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्न नपाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रत्येक महिना ब्याजदर परिवर्तन गर्नुपर्ने गरी सर्कुलर जारी गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देश, २०७९ संशोधन÷परिमार्जन गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने व्यवस्थामा उल्लेख गरिएको छ ।
तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न व्यवस्था बाधक नबन्ने केन्द्रीय बैंकले जनाएको छ ।
महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने/नहुने सम्बन्धमा ऋणीलाई अफर लेटर मा स्पष्ट रूपमा उल्लेख गरी अनिवार्य जनाकारी दिने व्यवस्था समेत गर्नुपर्नेछ । परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा इजाजत पत्र प्राप्त संस्थाको कोर बैंकिङ सिस्टम मार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नुपर्नेछ । साथै ब्याजदर घटाउँदा वा वृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनु पर्नेछ ।
यसै व्यवस्था बमोजिम कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर आधारदरमा २ प्रतिशत विन्दुले प्रिमियम थप गर्ने भएमा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्न नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफू नेतृत्वको सरकारले इतिहासमा नमेटिने रेकर्ड राखेको छ : प्रचण्ड
-
एरोन फिन्च भन्छन्, ‘आन्द्रे रसेलको क्षमता बुझ्न नसक्दा कोलकाता उपाधि होडबाट बाहिरियो’
-
केरुङबाट काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सुन बरामद
-
प्रधानमन्त्री र ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकबिच भेटवार्ता
-
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
-
भूमि बैंक र सरकारी उद्योगको निजीकरणविरुद्ध आन्दोलनको चेतावनी