बैंकले आधारदर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्न नपाउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रत्येक महिना ब्याजदर परिवर्तन गर्नुपर्ने गरी सर्कुलर जारी गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देश, २०७९ संशोधन÷परिमार्जन गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने व्यवस्थामा उल्लेख गरिएको छ ।
तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न व्यवस्था बाधक नबन्ने केन्द्रीय बैंकले जनाएको छ ।
महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने/नहुने सम्बन्धमा ऋणीलाई अफर लेटर मा स्पष्ट रूपमा उल्लेख गरी अनिवार्य जनाकारी दिने व्यवस्था समेत गर्नुपर्नेछ । परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा इजाजत पत्र प्राप्त संस्थाको कोर बैंकिङ सिस्टम मार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नुपर्नेछ । साथै ब्याजदर घटाउँदा वा वृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनु पर्नेछ ।
यसै व्यवस्था बमोजिम कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर आधारदरमा २ प्रतिशत विन्दुले प्रिमियम थप गर्ने भएमा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्न नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण