एरोन फिन्च भन्छन्, ‘आन्द्रे रसेलको क्षमता बुझ्न नसक्दा कोलकाता उपाधि होडबाट बाहिरियो’

समाचार सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा कोलकाता नाइट राइडर्सको प्ले-अफको सम्भावना वर्षा र नतिजाका कारण समाप्त भयो।
- अस्ट्रेलियाका पूर्व खेलाडी एरोन फिन्चले आन्द्रे रसेललाई गलत ब्याटिङ क्रममा पठाउनु कोलकाताको हारको मुख्य कारण रहेको बताए।
- कोलकाताले १३ खेलमा १२ अंक बटुलेको छ र आफ्नो अन्तिम खेलमा सनराइजर्स हैदराबादसँग खेल्नेछ।
काठमडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण साबिक विजेता कोलकाता नाइट राइडर्सका लागि दुर्भाग्यपूर्ण रह्यो । दुई खेल वर्षाका कारण बिथोलिएपछि कोलकाताको प्ले–अफ चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ ।
कोलकाताले हालसम्म १३ खेल खेल्दै १२ अंक बटुलेको छ । कोलकाताले पाँच खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । आफ्नो अन्तिम खेलमा भने कोलकाताले सनराइजर्स हैदराबादको सामना गर्नेछ । त्यो खेलमा विजयी भए पनि कोलकाताको अंक १४ मात्र पुग्नेछ ।
यसैबिच, अस्ट्रेलियाका पूर्वखेलाडी एरोन फिन्चले भने आफ्नै गल्तिका कारण कोलकाता प्ले–अफ चरणमा पुग्नबाट वञ्चित भएको दाबी गरेका छन् । फिन्च कोलकाताका पूर्वखेलाडी पनि हुन् ।
फिन्चले आन्द्रे रसेलजस्ता खेल जिताउन सक्ने क्षमता राख्ने खेलाडीलाई गलत क्रममा ब्याटिङ गर्न पठाउनु नै कोलकाताको सबैभन्दा ठुलो गल्ति भएको बताएका छन् । रसेल वेस्ट इन्डिजका प्रभावशाली अलराउण्डर हुन् ।
‘सबैलाई थाहा छ, आन्द्रे रसेल खेल जिताउन सक्ने क्षमता भएका खेलाडी हुन् । यस्तो खेलाडीलाई कोलकाताले अधिकांश खेलमा तल्लो क्रममा ब्याटिङ गर्न पठायो । उनले ब्याटिङमा आफ्नो क्षमता देखाउने पर्याप्त अवसर नै पाएनन् । त्यसैले कोलकाताको हारको प्रमुख कारण सटिक निर्णय लिन नसक्नु नै हो,’ ३८ वर्षीय फिन्चले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।
फिन्चले मे ७ तारिखमा खेलिएको चेन्नई सुपर किङ्सविरुद्धको खेल नै कोलकाताका लागि निर्णायक बनेको प्रतिक्रिया पनि दिए । उक्त खेलमा कोलकाताको टोली चेन्नईसँग दुई विकेटले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह