एरोन फिन्च भन्छन्, ‘आन्द्रे रसेलको क्षमता बुझ्न नसक्दा कोलकाता उपाधि होडबाट बाहिरियो’
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा कोलकाता नाइट राइडर्सको प्ले-अफको सम्भावना वर्षा र नतिजाका कारण समाप्त भयो।
- अस्ट्रेलियाका पूर्व खेलाडी एरोन फिन्चले आन्द्रे रसेललाई गलत ब्याटिङ क्रममा पठाउनु कोलकाताको हारको मुख्य कारण रहेको बताए।
- कोलकाताले १३ खेलमा १२ अंक बटुलेको छ र आफ्नो अन्तिम खेलमा सनराइजर्स हैदराबादसँग खेल्नेछ।
काठमडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण साबिक विजेता कोलकाता नाइट राइडर्सका लागि दुर्भाग्यपूर्ण रह्यो । दुई खेल वर्षाका कारण बिथोलिएपछि कोलकाताको प्ले–अफ चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ ।
कोलकाताले हालसम्म १३ खेल खेल्दै १२ अंक बटुलेको छ । कोलकाताले पाँच खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । आफ्नो अन्तिम खेलमा भने कोलकाताले सनराइजर्स हैदराबादको सामना गर्नेछ । त्यो खेलमा विजयी भए पनि कोलकाताको अंक १४ मात्र पुग्नेछ ।
यसैबिच, अस्ट्रेलियाका पूर्वखेलाडी एरोन फिन्चले भने आफ्नै गल्तिका कारण कोलकाता प्ले–अफ चरणमा पुग्नबाट वञ्चित भएको दाबी गरेका छन् । फिन्च कोलकाताका पूर्वखेलाडी पनि हुन् ।
फिन्चले आन्द्रे रसेलजस्ता खेल जिताउन सक्ने क्षमता राख्ने खेलाडीलाई गलत क्रममा ब्याटिङ गर्न पठाउनु नै कोलकाताको सबैभन्दा ठुलो गल्ति भएको बताएका छन् । रसेल वेस्ट इन्डिजका प्रभावशाली अलराउण्डर हुन् ।
‘सबैलाई थाहा छ, आन्द्रे रसेल खेल जिताउन सक्ने क्षमता भएका खेलाडी हुन् । यस्तो खेलाडीलाई कोलकाताले अधिकांश खेलमा तल्लो क्रममा ब्याटिङ गर्न पठायो । उनले ब्याटिङमा आफ्नो क्षमता देखाउने पर्याप्त अवसर नै पाएनन् । त्यसैले कोलकाताको हारको प्रमुख कारण सटिक निर्णय लिन नसक्नु नै हो,’ ३८ वर्षीय फिन्चले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।
फिन्चले मे ७ तारिखमा खेलिएको चेन्नई सुपर किङ्सविरुद्धको खेल नै कोलकाताका लागि निर्णायक बनेको प्रतिक्रिया पनि दिए । उक्त खेलमा कोलकाताको टोली चेन्नईसँग दुई विकेटले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण