नक्कली शरणार्थीको विषय देशकै लागि लज्जाको विषय हो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जोकोही कारबाहीको दायरामा आउने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नक्कली शरणार्थीको विषय राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय हिसाबले पनि जोडिएकाले अनुसन्धान प्रभावित पार्ने कुनै सम्भावना नरहेको दाबी गरे ।
‘यो त नक्कली शरणार्थीको इस्यु, देशको लागि पनि लज्जास्पद कुरा हो । प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ । त्यो रोकिन्छ जस्तो मलाई लाग्दैन । किनभने यो राजनीतिक वृद्धमा राष्ट्रिय रूपमा आइसक्यो र यो अन्तर्राष्ट्रिय स्तरमा पनि गइसकेको छ’, उनले भने, ‘शरणार्थीलाई अमेरिका पठाउने भनिसकेपछि उनीहरू पनि सशङ्कित हुन्छन् नि यो के भइरहेको छ नेपालमा भनेर । त्यस कारण यो रोकिन्छ भन्ने मलाई चाहिँ विश्वास लाग्दैन ।’
आजसम्म प्रहरीले अनुसन्धान गरिरहेको छ भने गरेको भन्नु पर्ने कोइरालाले बताए । ‘जो–जो दोषी हो उनीहरू त कारबाहीमा पर्नुपर्छ । गलत काम भएको छ । उनीहरुले कारबाहीको भागिदार बन्नुपर्छ,’ उनले भने, ‘तीन जना नेताले छलफल गरे, दुई जना नेताले बसेर छलफल गरेको विषयमा आएका समाचार हामीले पनि पढेका छौं । उहाँहरूले जे सुकै कुरा गरेपनि यो नक्कली शरणार्थीको विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ । त्यस कारण त्यति सजिलो गरी प्रहरी प्रशासन पनि ब्याक हुन सक्दैन ।’
अर्को प्रसङ्गमा नेता कोइरालाले महामन्त्री गगन थापाले असन्तुष्टि पोखेको विषय सभापतिप्रति लक्षित हुनसक्ने बताए । अहिले मन्त्री बनेकाहरू काँग्रेसबाटै बनेको भन्दै यसमा सबैसँग सल्लाह गरेरै भएको कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरुको शिष्टाचार भेट
-
विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि सरकारले केही गर्न सकेन भनिरहेका छन् : प्रमुख सचेतक बर्तौला
-
जनमत पार्टीमा विदेशबाट आउने रकममा अनियमितता भएपछि....
-
यूएईलाई हराउँदै विश्वस्तरीय छनोटमा पुग्यो नेपाल
-
‘माओवादीले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान दिँदैन’