तरलता व्यवस्थापनमा केन्द्रीय बैंकमार्फत ४४ खर्ब ४९ अर्ब परिचालन
काठमाडौँ । वित्तीय व्यवस्थापन (तरलता) का लागि चालु आर्थिक वर्षको चैत मसान्तसम्म केन्द्रीय बैंकले कूल ४४ खर्ब ४९ अर्ब ९ करोड रुपैयाँ नगद प्रवाह गरेको छ । बैंकका अनुसार समीक्षा अवधिमा रिपोटमार्फत ४ खर्ब १३ अर्ब ९४ करोड, सोझै खरिद बोलकबोल मार्फत ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २६ अर्ब ८१ करोड र ओभर नाइट तरलता सुविधामार्फत १२ खर्ब १८ अर्ब ६३ करोड रुपैयाँ तरलता प्रवाह गरिएको हो ।
यद्यपि, सोही अवधिमा रिभर्स रिपोटमार्फत केन्द्रीय बैंकले ५ अर्ब तरलता प्रशोधन गरिएको जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरूमार्फत खुद ६१ खर्ब ८२ अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो । बैंकको तथ्याङ्क हेर्दा तुलनात्मक रूपमा यस वर्ष कम तरलता प्रवाह भएको देखिन्छ ।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब २७ करोड खुद खरिद गरी ५ खर्ब ५७ अर्ब ८१ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ६८ करोड खुद खरिद गरी २ खर्ब ३ अर्ब ९ करोड तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ५४ करोड बिक्री गरी ४ खर्ब ६२ अर्ब १४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ५० करोड बिक्री गरी ४ खर्ब १९ अर्ब १८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण