पालिकाहरुलाई स्रोतसम्पन्न बनाउनुपर्छ : पूर्व अर्थमन्त्री शर्मा
बुधबार, २७ वैशाख २०८०, १३ : ४९
काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले बजेटमार्फत स्थानीय पालिकाहरुलाई स्रोतसम्पन्न गरिनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को विनियोजिन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आफ्नो विचार राख्दै पूर्व अर्थमन्त्रीले यस्तो बताएका हुन् । संघीय शासन प्रणाली अनुसार तीन तहको संरचना बनाइएपनि स्रोत साधन अझै केन्द्रिकृत (संघ) मात्र रहँदा प्रदेश र स्थानीय तहले प्रतिफल दिन नसकेको उनले बताए ।
प्रदेश र स्थानीय तहलाई उत्पादन र रोजगारीमा जोड्नुपर्ने उनले बताए । प्राकृति स्रोत र साधनले सुसम्पन्न नेपालले त्यसको भरपुर उपभोग गरेर विकासमा अघि बढ्नुपर्ने पूर्वमन्त्री शर्माले बताए । भौतिक पूर्वाधार, कृषि, उत्पादन, उर्जा र पर्यटन क्षेत्रको विकासमा बजेट केन्द्रित हुनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण