नेविसंघले भन्यो–नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टुंगोमा पुर्याउनुपर्छ
बुधबार, २७ वैशाख २०८०, १९ : २१
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई टुंगोमा पुर्याउनु पर्ने बताएको छ । बुधबार नेविसंघका सभापति दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै कुनै पनि दबाब र प्रभावमा अनुसन्धान प्रभावित हुननपर्ने उल्लेख गरेका छन् ।
'अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेससहितको सरकारले अघि बढाएको अनुसन्धान प्रक्रियाले आशाको सञ्चार गरेको छ । अनुसन्धानमा सघाउनु सबैको कर्तव्य हो । कुनै पनि दबाब र प्रभावमा अनुसन्धान प्रभावित हुनु हुँदैन', विज्ञप्तिमा भनिएको छ', 'नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धान टुंगोमा पुग्नैपर्छ । कोही कसैले वा कहीँ कतैबाट प्रभावित गर्ने काम नहोस् ।'
नेविसंघले यस प्रकरणमा संलग्नलाई ढाकछोप गर्ने र चोख्याउने काम नगर्न सरकारसँग आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण