सन्राइज बैंकको अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता
काठमाडौँ । सन्राइज बैंकले अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ । ग्राहकरुलाई नयाँ र समय सापेक्षिक सेवाहरुलाई प्रदान गर्दै आएको बैंकले स्वास्थ्य क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यले काठमाडाँैको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसंग सम्झौता गरेको हो ।
यसअघि सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको जनाएको छ । । बैंक र अरोगिन हेल्थकेयरबी बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको के्र्रडिट, डेबिट कार्ड, क्यू आर वा मोवाइल बंैकिङ्ग मार्पmत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशत सम्मको छुट पाउन सक्ने जनाइएको छ । सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण