ओलीको निष्कर्ष : पार्टीपङ्क्ति अन्योलग्रस्त र प्रतिरक्षात्मक
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीपङ्क्ति अन्योलग्रस्त र प्रतिरक्षात्मक हुनु परेको टिप्पणी गरेका छन् । बिहीबारदेखि सुरु भएको पार्टीको पाँचौं केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेस गर्दै ओलीले यस्तो जनाएका हुन् । प्रतिवेदनमा उनले पार्टीको प्रचारात्मक काम कमजोर भएको उल्लेख गरेका छन् । ‘विपक्षीहरुको प्रोपोगाण्डाले पार्टीपङ्क्तिलाई अन्योलग्रस्त र प्रतिरक्षात्मक बनाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तसर्थ प्रचारको क्षेत्रमा ठोस र मूर्त योजना बनाएर यस विषयलाई प्रभावकारी बनाउनुपर्छ ।’
पार्टीको जनसंगठनमा गरेको कामको मूल्याङ्कन हुँदैन भन्ने अनुभूति रहेको भन्दै ओलीले यसलाई चिर्दै उनीहरुलाई वैचारिक र संगठनात्मक दृष्टिले बलियो बनाउनुपर्ने खाँचोसमेत औंल्याएका छन् । सरोकारका मुद्दामा आवश्यकता अनुसारको जनदबाब र आन्दोलनमा जनसंगठनहरुलाई उतार्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण