सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो
शुक्रबार, २९ वैशाख २०८०, १० : ४६
काठमाडौं । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै सस्तिदै १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज एकै दिन तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ३७५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण