आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

शुक्रबार, २९ वैशाख २०८०, १२ : १६
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारवाही माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । अनेरास्ववियुले त्रिचन्द्र कलेज, आरआर कलेज लगायतका कलेज अगाडि प्रदर्शन गरेको हो ।

उनीहरूले वाइडबडी काण्ड, लडाकु शिविरमा भएको भ्रष्टाचार काण्ड लगायतका भ्रष्टाचार काण्डमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका हुन् । विभिन्न कालखण्डमा भएका अनियमितता, आर्थिक हिनामिना, ठुलो साना सबै खाले भ्रष्टाचारको जालो तोडेर सुशासन युक्त नेपाल निर्माणका लागि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप