शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भारतको रुद्रप्रयागमा नेपालीको मृत्यु

शुक्रबार, २५ फागुन २०७४, ०९ : ०२
शुक्रबार, २५ फागुन २०७४

जाजरकोट - यहाँको नलगाड नगरपालिका–८ स्वाँराका हरिबहादुर विकको ट्र्याक्टर दुर्घटनामा परी बिहीबार बेलुका मृत्यु भएको छ । 

भारतको उत्तर प्रदेशस्थित रुद्रप्रयाग गढवालमा घर निर्माणका लागि ट्र्याक्टरमा ढुंगा राखी ट्र्याक्टर चलाएर आउँदा दुर्घटना परी विकको मृत्यु भएको हो । 

विक दुई महिना अघि मात्र कामको खोजीमा भारत गएका थिए । 

उनका श्रीमती, एक छोरा र एक छोरीका साथै ६५ वर्ष नाघेका बाबा, आमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप