नियमित खोप लगाउन मन्त्री बस्नेतको आग्रह
_3HBIrf1uUM.jpg)
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई अनुरोध गरेका छन् । मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउनहुन अनुरोध गरेका हुन् । यही वैशाख ३१ गते मन्त्रालयले पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई नियमित खोप दिइँदै छ । यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको छ ।
देशैभरका नियमित खोप चल्ने सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिनाको उमेरसम्म दिइने नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाउन अभिभावकसित उनले आग्रह गरेका हुन् । मन्त्रालयले कोही पनि बालबालिका नियमित खोपबाट नछुटून् भन्नका लागि पाँच वर्ष मुनिका बालबालिकालाई आइतबार १३ प्रकारका खोप दिँदैछ । रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धका खोप प्रदान गरिन्छ ।
नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालेखाले भन्यो, ‘बैङ्कहरूले राखेनन् सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान खुल्ने विवरण’
-
विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने दाबीसहितको रिट दर्ता भएन, बिहीबार निर्णय हुने
-
पशुपति क्षेत्र विकास कोषको म्याद दुई वर्षदेखि थपिएन
-
प्राधिकरणले विद्युत नियमन आयोगलाई बुझाएन सेवाशुल्क बापतको ९० करोड ९८ लाख
-
इमरान खानले भने– पाकिस्तान पनि मेरो हो र सेना पनि
-
इजरायलसँगको सम्बन्धबारे ट्रम्पले सिरियालाई गरे यस्तो अपील