वर्षामा पनि मेलम्चीको पानी ल्याउने तयारी
मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थाले पनि वर्षामा बन्द गरिँदै आएको छ । यो वर्ष भने वर्षामा पनि काठमाडौँ उपत्यकामा मेलम्ची पानी ल्याउन गृहकार्य शुरू भएको छ । मेलम्ची खानेपानी विकास समितिले वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी ल्याउने गरी आवश्यक अस्थायी प्रबन्ध मिलाउने तयारी गरेको हो ।
त्यसका लागि समितिले जेठ १ गतेदेखि नै उपत्यकामा पानी पथान्तरण स्थगन गर्ने भएको छ । मेलम्ची हेडवर्क्स एवं सुरुङ मर्मतमा लागि जेठ १ देखि १५ गतेसम्म पानी पथान्तरण गर्ने समितिले जानकारी दिएको छ ।
आयोजनाका अनुसार उक्त कार्यका लागि ८ देखि १५ दिन लाग्छ । समितिका प्रवक्ता राजेन्द्र पन्तले यो वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँमा ल्याउन सकिन्छ कि भनेर गृहकार्य थालिएको जानकारी दिए । २०७८ को बाढीले क्षतिग्रस्त हेडवर्क्सलगायत संरचनाको अल्प-मध्यकालिक पानी पथान्तरणका लागि आवश्यक निर्माण सुधारका लागि पानी पथान्तरण स्थगन गरिएको हो ।
काठमाडौँतर्फ पानी पथान्तरण रोकिने सूचनासँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पनि खानेपानी वितरणमा असुविधा हुने जानकारी दिएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यले मेलम्चीको पानी पथान्तरण स्थगन भएपछि अहिलेको पानी वितरण केही असहज हुने बताए ।
उपत्यकामा मेलम्चीको पानी दैनिक १७ करोड लिटर वितरण हुँदै आएको छ । मर्मतसम्भारका लागि मेलम्ची पानी पथान्तरण रोकेपछि अन्य स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने उनको भनाइ छ । यसले गर्दा उपत्यकामा पानी वितरण अब ८ दिनको अन्तरमा हुने उनको भनाइ छ । या्े समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख बिगो भएका आरोपी पक्राउ
-
रास्वपा महाधिवेशन प्रतिनिधि धर्नामा, तस्बिरहरू
-
व्यवसायीको नाम सार्वजनिक गरिएको भन्दै औषधि व्यवसायी सङ्घ काठमाडौँको आपत्ति
-
रोजगार सेवा केन्द्रलाई रूपान्तरण गरिने, सरकारले ल्यायो नयाँ कार्यविधि
-
प्रयाङ्कको नाममा दुर्व्यवहार गर्ने दुई जना पक्राउ
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण