मन्त्रालय र सरकारी निकाय बिचौलियाकै घेरामा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे बिचौलियाले नै पोल खोलिदिएपछि प्रहरीको फन्दामा परेका हुन् ।
बिचौलियाले नै मन्त्री र सचिवलाई करोडौं रुपियाँ घुस खुवाएको बयान प्रहरीसमक्ष दिएपछि उनीहरू प्रहरी फन्दामा परेका थिए । यस प्रकरणमा मुख्य बिचौलियाको रूपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ र मोरङकै सागर राईलगायत थिए ।
उनीहरू पक्राउ परेलगत्तै मन्त्री र सचिवलाई घुस दिएको बताएका थिए । त्यसपछि उनीहरूकै बयान र प्राप्त कागजातका आधारमा प्रहरीले शुरूमा तत्कालीन गृहसचिव पाण्डे र त्यसपछि तत्कालीन गृहमन्त्री खाँणलाई पक्राउ गर्न सफल भएको थियो ।
स्रोतका अनुसार यस प्रकरणमा बिचौलिया तथा उनीहरूलाई काम लगाउने मन्त्री तथा सचिवको जालो नै प्रहरीको फन्दामा परेको छ । यसो त सरकारी निकायमा यस्ता जालाहरू असंख्य रहेको प्रशासनविद्हरूको भनाइ छ ।
प्रशासनविद् तथा पूर्वसचिव श्यामप्रसाद मैनालीले साना ठूला बिचौलिया र माफियाको कनेक्ससले सिंगो सरकार नै सञ्चालन गरिरहेकाले बिचौलिया प्रथा हटाउन सरकारी निकायमा ठूलै अप्रेसन जरुरी रहेको बताए । ‘नक्कली भुटानी शरणार्थी प्रकरण सानो घटना हो, यस्ता घटना कति छन् कति ? तर खोज्ने कसले ?’ –पूर्वसचिव मैनालीले प्रश्न गने । भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव पाण्डे आफैंले मन्त्रीका लागि बिचौलियाको भूमिका निर्वाह गरेको देखिएको छ ।
उनी आफैं पैसा डिल गर्ने कार्यमा उत्रिएपछि बिचौलियाजस्तै बन्न पुगेको प्रहरीका एक अनुसन्धान अधिकृतले बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख बिगो भएका आरोपी पक्राउ
-
रास्वपा महाधिवेशन प्रतिनिधि धर्नामा, तस्बिरहरू
-
व्यवसायीको नाम सार्वजनिक गरिएको भन्दै औषधि व्यवसायी सङ्घ काठमाडौँको आपत्ति
-
रोजगार सेवा केन्द्रलाई रूपान्तरण गरिने, सरकारले ल्यायो नयाँ कार्यविधि
-
प्रयाङ्कको नाममा दुर्व्यवहार गर्ने दुई जना पक्राउ
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण