बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मुगुका हरेक प्रहरी युनिटमा नागरिक सहजकर्ता रहने

सोमबार, ०१ जेठ २०८०, ०८ : १४
सोमबार, ०१ जेठ २०८०

मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक नागरिक सहजकर्ता स्थापना भएको छ । कर्णाली सुरक्षा अभियान कार्यक्रम अन्तर्गत जिल्ला भर रहेका इलाका प्रहरी कार्यालयदेखि हरेक प्रहरी, चौकीमा अब नागरिक सहजकर्ता मार्फत सेवा प्रवाह गर्न थालिएको हो । 

जिल्ला प्रहरी कार्यालय मुगु लगायत अन्य चौकीहरूका मूल ढोकामा एक जना युनिफर्ममा रहेको प्रहरी जवान नागरिक सहजकर्ताका रूपमा खटाउने व्यवस्था गरिएको छ । मुगु जिल्लाका लागि काठमाडौँबाट भर्खरै आएकी तालिम प्राप्त प्रतिज्ञा घलानलाई जिल्ला प्रहरी कार्यालयको लागि उनलाई नागरिक सहकर्तामा राखिएको हो । 

अब प्रहरी युनिटमा आउने हरेक सेवाग्राहीले के–कति कामले आएका हुन् ? सोधपुछ गर्ने र सेवाग्राहीले भने अनुसारको कामको प्रक्रृति अनुसार सम्बन्धित व्यक्ति तथा फाँटमा पठाइदिन र सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको प्रहरी नायव उपरीक्षक महेश बस्नेतले बताए । 

विशेष गरेर ग्रामीण भेगका अशिक्षित नागरिकहरूलाई छिटो छरितो सेवा प्रवाहका लागि प्रहरी युनिटमा  नागरिक आएका हुन्छन्। उनीहरू कस्तो सेवाका लागि कुन ठाउँ जाने ? के गर्ने ? भनेर निकै अलमलमा परेका हुन्छन्। यस्ता अलमलमा पर्ने सेवाग्राहीलाई सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको डिएसपी बस्नेतले बताए । कार्यालयमा एउटै पोसाक लगाएका थुप्रै प्रहरी कर्मचारी बसेका हुन्छन् ।  

'नागरिकहरूले सहजै रूपमा सेवा पाउने उद्देश्यले नागरिक सहजकर्ता राख्न सुरु गरिएको हो,' उनले भने, 'न्यायका लागि आउने जो-कोही नागरिकलाई दिने हाम्रो सेवा सहज र सरल हुनुपर्छ, सहजकर्ताका रूपमा खटिने प्रहरीलाई निर्देशित पनि गरेका छौँ,'    

जिल्ला प्रहरी कार्यालयसहित जिल्लाभर २ इलाका प्रहरी कार्यालय र १६ वटा चौकी रहेका छन् । यी सबै चौकीहरूमा एक जना सहजकर्ता खटाएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप