नेपाली सेनाको सफा हिमाल अभियान टोलीका १० जनाद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौँ । नेपाली सेनाको सफा हिमाल अभियान टोलीका १० जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारी, सह सेनानी बिष्णुबल राई, सह सेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगुसहितको टोली आइतबार बिहान १० बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनीहरूसँगै टोलीमा सहभागी ओङ्छु शेर्पा लगायत पाँच जना शेर्पाहरूले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।
नेपाली सेनाको अगुवाइमा संचालन भइरहेको सफा हिमाल अभियानमा १० जनाको टोली संलग्न छ । यसअघि वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरूले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए ।
गत चैत्र १४ गते जङ्गी अड्डामा आयोजित कार्यक्रममार्फत प्रधान सेनापति प्रभुराम शर्माले झन्डा हस्तान्तरण गरी अभियानको शुभारम्भ भएको थियो । अभियान टोलीले अन्नपूर्ण र सगरमाथाबाट करिब ३५ हजार किलो फोहोर सङ्कलन गर्ने लक्ष्य राखेको छ । जसअनुसार हालसम्म ३२ हजार ३ सय ११ किलो फोहोर सङ्कलन भइसकेको छ । यो अभियान विश्व वातावरण दिवसमा समापन हुने सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीता महोत्सवमा सार्वजनिक विदा दिन माग
-
प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन
-
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु
-
चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना
-
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग