नेपाली सेनाको सफा हिमाल अभियान टोलीका १० जनाद्वारा सगरमाथाको सफल आरोहण
काठमाडौँ । नेपाली सेनाको सफा हिमाल अभियान टोलीका १० जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारी, सह सेनानी बिष्णुबल राई, सह सेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगुसहितको टोली आइतबार बिहान १० बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनीहरूसँगै टोलीमा सहभागी ओङ्छु शेर्पा लगायत पाँच जना शेर्पाहरूले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।
नेपाली सेनाको अगुवाइमा संचालन भइरहेको सफा हिमाल अभियानमा १० जनाको टोली संलग्न छ । यसअघि वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरूले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए ।
गत चैत्र १४ गते जङ्गी अड्डामा आयोजित कार्यक्रममार्फत प्रधान सेनापति प्रभुराम शर्माले झन्डा हस्तान्तरण गरी अभियानको शुभारम्भ भएको थियो । अभियान टोलीले अन्नपूर्ण र सगरमाथाबाट करिब ३५ हजार किलो फोहोर सङ्कलन गर्ने लक्ष्य राखेको छ । जसअनुसार हालसम्म ३२ हजार ३ सय ११ किलो फोहोर सङ्कलन भइसकेको छ । यो अभियान विश्व वातावरण दिवसमा समापन हुने सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण