हात हल्लाउँदै सरकारी वकिल कार्यालय पुगे रायमाझी, तस्बिरहरू
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लामो समयसम्म प्रहरीको फन्दाबाट भागेर बसे । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि मात्र आइतबार साँझ प्रहरीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
अर्घखाँचीबाट ‘काठमाडौँ आउँछु’ भनेर वचन दिएका रायमाझी बुटवलबाट फरार भएका थिए । रायमाझी वैशाख ३० गते मात्र काठमाडौँ आएका थिए । काठमाडौँ आएर उनी आफन्तको घरमा लुकेर बसेका थिए ।
प्रहरीले सोमबार रायमाझीलाई म्याद थपका लागि बबरमहलस्थित सरकारी वकिल कार्यालय पुर्याएका थिए । प्रहरीको गाडीबाट उत्रने बित्तिकै हँसिलो मुद्रामा देखिएका रायमाझीले पत्रकारसमक्ष हात हल्लाउँदै तस्बिर खिचाएर कार्यालयभित्र प्रवेश गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका अन्य आरोपीहरू मास्क र टोपीले मुख छोप्दै सार्वजनिक भइरहँदा टोपबहादुरको शैली भने फरक देखिएको थियो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण