जीडीपीमा प्रादेशिक योगदान सार्वजनिक, बागमतीको १९ खर्ब ८१ अर्ब
काठमाडौँ । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा प्रदेशहरुको योगदान अनुमानित तथ्यांक सार्वजनिक भएको छ ।
मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष सबैभन्दा बढी बागमती प्रदेशबाट १९ खर्ब ८१ अर्ब (३७ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेशको जम्मा २ खर्ब २१ अर्ब रुपैयाँ रहने कार्यालयको अनुमान छ ।
तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको कूल जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहने अनुमान गरेको छ ।
सो मध्य कोशी प्रदेशको योगदान ८ खर्ब ४९ अर्ब (१६ प्रतिशत), लुम्बिनी प्रदेशको ७ खर्ब ६२ अर्ब (१४.२ प्रतिशत), मधेस प्रदेशको ७ खर्ब ७ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको ४ खर्ब ८२ अर्ब (९ प्रतिशत ) र सुदूरपश्चिम प्रदेशको ३ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको योगदान रहने कार्यालयको अनुमान छ ।
प्रदेश अनुसार राष्ट्रिय उत्पादनमा योगदान:
बागमती प्रदेश-३७ प्रतिशत
कोशी प्रदेश-१६ प्रतिशत
लुम्बिनी प्रदेश-१४ प्रतिशत
मधेस प्रदेश-१३ प्रतिशत
गण्डकी प्रदेश-९ प्रतिशत
सुदूरपश्चिम प्रदेश-७ प्रतिशत
कर्णाली प्रदेश-४ प्रतिशत




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण