धवलागिरिको चुचुरोतर्फ लागे आरोही
म्याग्दी । करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।
गत चैत महिनाको अन्तिम सातादेखि आधार शिविरमा रहेका आरोहीहरु धवलागिरिको चुचुरोको नजिकै पुगेका त्यहाँ रहनुभएका छेपाल शेर्पाले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन् ।
छ हजार एक सय मिटर उचाइको धवलागिरिको दोस्रो आधार शिविरबाट सोमबार करिब सात हजार मिटर उचाइमा रहेको तेस्रो शिविरमा आरोही पुगेका उनले बताए । धवलागिरिको पहिलो, दोस्रो र तेस्रो आधार शिविरसम्म शेर्पाहरुले आरोहीका लागि बाटो बनाइसकेका छन् ।
दैनिकजसो पानी परेको र हिमपात भएकाले आरोहीहरुलाई समस्या भए पनि स्पेनका ८३ वर्षीय कार्लोस सोरियाको टोली क्याम्प–३ मा पुगेको छ । मौसमले साथ दिएमा मङ्गलबार चौथो आधार शिविर पुग्ने तयारी गरेको उक्त टोली बुधबारसम्म धौलागिरिको चुचुरो चुम्ने योजनामा छ ।
कार्लोसको आरोहण दलको नेतृत्व सेभेन समिट टे«किङ कम्पनीका मिङ तेम्बा शेर्पाले गरेका छन् । यो उनको १३औँ पटकको प्रयास हो । गत वर्ष १२औँ पटकको प्रयासमा कार्लोस सात हजार मिटरको उचाइमा पुगेर फर्किएका थिए ।
धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका उनको दुई दशकयता १२औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पूरा हुनसकेको थिएन । पर्यटन विभागका अनुसार वसन्त ऋतुको यस याममा २४ पुरुष र ११ महिलाले धवलागिरि हिमाल आरोहणको अनुमति लिएका छन् ।
सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले आफ्नो कम्पनीबाट २६ जनाले धवलागिरि हिमाल चढ्न लागेका बताए । आधार शिविर पुगेर हेलिकप्टरमा फर्किएका म्याग्दी दानाका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले आरोहीहरु चुचुरोमा पुग्न अनुकूल मौसमको पर्खाइमा रहेका बताए ।
“वैशाखमा धेरै हिउँ परेकाले आरोहणका लागि आएकाहरु बेसक्याम्पमा एक महिनाभन्दा धेरै समय बस्नु परेको थियो,” पर्यटकको उद्धार र व्यवस्थापकीय कार्यमा संलग्न उनले भने, “मौसम परिवर्तन, तापक्रम वृद्धि र वातावरणीय प्रदूषणको असर हिमालमा पनि परेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण