सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको ब्रिफिङ, नेताहरुसँग लिखित सुझाव माग
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलको बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा ब्रिफिङ गरेका छन् ।
बैठकमा प्रचण्डले सरकारको नीति तथा कार्यक्रम कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर ल्याउन लागेको ब्रिफिङ गरेको माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
यस्तै देशको वर्तमान आर्थिक स्थितिलाई सन्तुलनमा ल्याउने गरी नीति तथा कार्यक्रम ल्याउने पनि प्रचण्डले बैठकमा जानकारी गराएको उनको भनाइ छ ।
‘सरकारले आर्थिक वर्षको बजेटका लागि आवश्यक पर्ने नीति तथा कार्यक्रम ल्याउँदै छ। समग्र आर्थिक अवस्थालाई अघि बढाउन प्राथमिकता क्रम तोक्दा कृषि र पर्यटनलाई जोड दिने भन्ने भएको छ’, उनले भने । उनले देशमा रोजगारी सिर्जना गर्ने तथा युवाशक्तिलाई विदेश जानबाट रोक्ने रणनीतिका साथ नीति तथा कार्यक्रम ल्याउन नेताहरुले सरकारलाई सुझाव दिएको पनि जानकारी दिए ।
यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नीति तथा कार्यक्रम र मुलुकको अर्थ व्यवस्थाबारेमा बैठकमा छलफल भएको बताए । उनले बैठकमा केही नेताहरुले सुझाव दिएको र समय अभावका कारण लिखित रुपमै दिन पनि प्रधानमन्त्रीले आग्रह गरेको बताए । सबैको सुझावलाई समेटेर सरकारको नीति तथा कार्यक्रम ल्याइने प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।
सरकारले आगामी आर्थिक वर्षको बजेटका नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउँदै छ । त्यसअघि प्रधानमन्त्रीले अर्थमन्त्रीसमेतलाई राखेर सत्ता पक्षमा रहेका गठबन्धनका नेताहरुसँग आवश्यक परामर्श गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
-
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
-
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण