गत आर्थिक वर्षको बक्यौता भुक्तानी गर्न माग
जनकपुरधाम । मधेस प्रदेशसभामा सांसदले गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाको बक्यौता भुक्तानी गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा सरकारको नेतृत्व गरिरहेकै दल जनता समाजवादी पार्टी(जसपा) नेपालका सांसद बच्चा राउत अहिरले उच्चस्तरीय छानबिन समितिले यस सम्बन्धमा प्रतिवेदन बुझाइसके पनि कार्यान्वयन नभएको बताए ।
छानबिन समितिका सदस्यसमेत रहेका सांसद अहिरले भने, ‘समितिले छानबिन प्रतिवेदन बुझाइसकेको छ, खासगरी जनकपुरधाम र मुखियापट्टी मुसहरनियाको योजना र छानबिनमा खटेको केही कर्मचारीको पनि कमजोरीका कारण बक्यौता भुक्तानीमा ढिलाइ भएको छ ।’
बक्यौता भुक्तानी नहुँदा योजना सम्पन्न गरेका उपभोक्ता समितिमाथि ठुलो अन्याय भएको उनको भनाइ छ । ‘जतिले काम गरेका छन्, उनीहरु धेरै पीडित भएका छन्,’ सांसद अहिरले भने, ‘मेरो घरमै आएर पैसा कहिले पाइन्छ भनेर उपभोक्ता समितिका सदस्यहरुले सोध्न थालेका छन् ।’
यो समवेदनशील विषय भएकाले सबैलाई गम्भीर हुन उनले ध्यानाकर्षण गराए ।
गत आर्थिक वर्ष योजना सम्पन्न भई भुक्तानी हुन नसक्दा दर्जनौं उपभोक्ता समिति तथा ठेकेदारहरु मर्कामा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण