मदनकृष्णद्वारा ‘नेवा: सुपरस्टार सिरपा’ का विजेतालाई पुरस्कार वितरण
बुधबार, ०३ जेठ २०८०, ११ : ४६
काठमाडौँ । नेपाल भाषा फिल्म निर्माणको ४ दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ आयोजना भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता भएका छन् ।
त्यस्तै महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णश्वरी श्रेष्ठ र रजनी खड्गी विजेता भए । विजयी सबैलाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गरे । विभिन्न कलाकारको नृत्य तथा गीत प्रस्तुत गरेको कार्यक्रममा नेटवर्कका संस्थापक अध्यक्ष सुनिलकुमार शाक्य, विद्यासुन्दर शाक्य, फिल्म निर्माता गोपालकाजी कायस्थ, प्रकाश सायमी, अभिनेत्री पल्पसा डंगोल लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘यो त बाहिरवालाको सरकार हो, यसले नेपाली जनताको हित गरेन’
-
सरकारमा जाँदा संगठन कमजोर भएको जनमत पार्टीको निष्कर्ष
-
भारतीय केन्द्रीय राज्यमन्त्री जर्ज कुरियनद्वारा राजीनामा, मोदी मन्त्रिपरिषद्मा हेरफेरको सम्भावना
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
-
महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण