‘यो त बाहिरवालाको सरकार हो, यसले नेपाली जनताको हित गरेन’
सारांश
- राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि असर पार्ने गतिविधि गरिरहेको आरोप लगाएका छन्।
- उनले सरकारले नेपाली जनताको नभई बाह्य मुलुकको हित हुने गरी काम गरिरहेको टिप्पणी गरे।
- सांसद ठाकुरले सरकारकै नीतिका कारण मुलुक बाह्य देशहरूको कब्जामा पुगेको समेत उल्लेख गरे।
काठमाडौँ । राष्ट्रिय सभाका सदस्य महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन्।
मंगलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
सरकारले बाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरू खुसी भएको दाबी पनि सांसद ठाकुरले गरे। उनले सरकारले नेपाली जनताको नभई अन्य मुलुकको हित हुने गरी काम गरिरहेको टिप्पणी गरे। सरकारको प्राथमिकतामा देश र जनता नरहेको ठाकुरको बुझाइ छ।
बैठकमा उनले भने, ‘जुन राज्य छ, यो ननफङ्सनिङ हो। जनताको हातमा त केही छैन, सबै सकियो। हाम्रो स्वतन्त्रतामाथि नै असर परिरहेको छ किनकि बाहिरका मानिसहरूले सबै चिज कब्जा गरिहाले। उनीहरूको चित्त बुझाउने गरी सारा काम भइरहेको छ। हामी त त्यसमा कहीँ पनि पर्दै पर्दैनौँ। हामी यो देशका नागरिक हौँ, हाम्रो चित्त बुझाउने र हाम्रो भलाई हुने किसिमको काम त हाम्रो सरकार भए पो हुने हो। यो त हाम्रो सरकार नै छैन, यो बाहिरवालाको सरकार हो। बाहिरवालाले त यो सरकारलाई वाहवाही दिइरहेकै छ नि।’
सांसद ठाकुरले सरकारकै नीतिका कारण मुलुक बाह्य देशहरूको कब्जामा पुगेको समेत उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण