जुम्ला प्रशासनमा जनशक्ति अभाव
जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लामा जनशक्तिको अभाव भएको छ । जनशक्ति अभावका कारण प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई अधिकृतस्तरका तीन कर्मचारीको कामसमेत एक्लैले गर्नुपरेको छ ।
विसं २०७९ चैत २२ गते जुम्लामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी घिमिरे हिमाली जिल्ला जुम्लाको पहिलो राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी हुन् । प्रजिअ घिमिरे हाजिर भएयता उनी मातहतका न उपसचिव छन् न दुई अधिकृत कर्मचारी । चार जना अधिकृतस्तरको दरबन्दी भएको जिल्ला प्रशासन कार्यालय जुम्लामा सबैको काम आफैँले सम्हाल्नुपरेको प्रजिअ घिमिरेले बताए ।
“धेरै पटक गृहमा कर्मचारी पठाउन अनुरोध गरेको छु”, उनले भने, “तर अहिलेसम्म कोही पनि पठाउने काम भएको छैन । यसले गर्दा प्रशासनका दैनिक काम प्रभावित भएका छन् र यसले सेवाग्रहीलाई समस्या भएको छ ।” नागरिकता दिनेदेखि जनताका प्रत्यक्ष सरोकारका काममा एक्लैले जोतिनुपरेको उनले बताए ।
प्रजिअ घिमिरेका अनुसार नीतिगत तहदेखि जनस्तरसम्मका काम गर्नुपर्दा निकै भार भएको छ । गृहले जतिसक्दो एकजना भए पनि अधिकृतस्तरका कर्मचारी जुम्ला पठाइदिए सेवाग्राहीलाई सेवा दिन सहज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण