सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

बिहीबार, ०४ जेठ २०८०, १२ : ००
बिहीबार, ०४ जेठ २०८०

काठमाडौं । काठमाडौंको बौद्धस्थित तिनचुलीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ  परेका छन् । 

६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई  बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

उनको होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप