शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डलाई सांसद न्यौपानको प्रश्न : सरकारको मल कारखाना खोल्ने नीति के छ ?

बिहीबार, ०४ जेठ २०८०, १३ : २८
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले मल कारखाना खोल्ने विषयमा सरकारको नीति के छ भन्दै प्रश्न गरेकी छन् । संसदको प्रश्न उत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालमै रासायिनक मल उत्पादन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन कार्य भइरहेको बताए ।

‘नेपालमा रासायिनक मल उत्पादन गर्ने सम्बन्धमा नेपाल लगानी बोर्डमा प्राप्त भएको विभिन्न प्रस्तावहरुको सम्भाव्यता अध्ययन भइरहेको छ’ प्रचण्डले भने, ‘अध्ययनका आधारमा मल कारखाना स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकता दिई अगाडि बढाइने छ ।’ नेपालमै मल कारखाना खोल्ने भनिएपनि लामो समयदेखि खोल्न सकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप