बाल अस्पताल निर्माण गर्न हिमालयन बैंकद्वारा २० लाख सहयोग
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँको बूढानीलकण्ठस्थित काठमाडौँ इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई आर्थिक् सहयोग गरेको छ ।
बैंकले काठमाडौँमा बाल अस्पताल निर्माण गर्ने प्रयोजनका लागि बीस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
सन् २०१७ सालमा स्थापना भएको काठमाडौँ इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ । सो संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याइ सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
बंैकका तर्फबाट बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई रकम हस्तान्तरण गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण