सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिममा आज मन्त्रीमण्डल विस्तार हुँदै, माओवादीबाट ३ जना मन्त्री थपिँदै
शुक्रबार, ०५ जेठ २०८०, १० : ५५

धनगढी । सुदूरपश्चिममा आज मन्त्रीमण्डल आज विस्तार हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट मन्त्री थप्दै मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीको उल्झनका बीच मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् ।
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा ३ जनाको नाम मन्त्रीको लागि नाम टुंग्याएको छ । संसदीय दलका नेता खगराज भट्टका अनुसार माओवादीले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउद मन्त्री तथा समानुपातिक सांसद गीतादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंग्याइएको हो । उनीहरुको आज नै शपथ ग्रहण गर्ने तयारी गरिएको मुख्यमन्त्री शाहले जानकारी दिए ।
सत्तारुढ दल नाउपालाई पनि सरकारमा सहभागी हुन आफूले अनुरोध गर्दै आएको पनि उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा युवतीमाथि गोली प्रहार
-
पशुपतिनाथको मन्दिर कहिले बनेको थियो ?
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?