बचत कर्ताको पैसा फिर्ता गर्न नसकेपछि मेयर फरार
पोखरा । इमेज सहकारी संस्थाका अध्यक्षसमेत रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि फरार भएका छन् ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका बचत कर्ताको पैसा तिर्न नसकेपछि मेयर ३ दिनदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका नेपालीलाई खोजी कार्य भइरहेको छ ।
मेयर नेपालीले उपमेयर धनबहादुर कायतलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर सम्पर्कविहीन भएको बताइएको छ । आफू नआउँदा सम्म कार्यवाहक समाल्नु भनेर जिम्मेवारी दिएको उपमेयर कायतले बताए । ‘कार्यालयमा म नहुँदा कार्यवाहकको जिम्मेवारी दिनुभएको रैछ । उहाँसँग यसपछि सम्पर्क भएको छैन,’ उपमेयर कायतले भने । वैशाख ३१ को स्थानीय निर्वाचनमा नेपाली नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । इमेज सहकारीको पोखरामा पनि शाखा रहेको छ ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले मेयर नेपाली विषयमा सम्पर्कविहीन रहेको बताए । मेयर नेपालीलाई खोजीका लागि प्रहरी परिचालन गरिएको सहायक प्रजिअ बरालको बताए ।
यसअघि मेयर नेपालीले विज्ञप्तिमार्फत बचत कर्तालाई निक्षेप रकम फिर्ता गर्न नसकिएको बताएका थिए । उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण