यसपटक थोरै बोल्छु, धेरै काम गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको कार्यकालमा थोरै बोल्ने धेरै काम गर्ने संकल्प लिएको बताएका छन् । राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा काठमाडौँको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने,“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोली रहनुभएको छ । यो पटक म भन्न चाँहि थोरै भन्ने काम चाहिँ धेरै गर्ने संकल्प लिएको छु । मैले प्रधानमन्त्री भएको दिनदेखि त्यो गरिरहेको छु ।”
आफू प्रधानमन्त्री भएपछि पहिलो पटक बेपत्ता योद्धाहरूको शिलालेख उद्घाटन गरेर जनयुद्धका योद्धा र बेपत्ता योद्धाहरूको पक्षमा काम सुरु गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
२०७१ मा भएको निर्णय अनुसार आफूले सरकार प्रमुखको हैसियतले जनयुद्धका योद्धाहरूलाई दुई लाख दिन गरेको निर्णयको अनावश्यक विरोध भएको बताउँदै उनले विषयमा सर्वोच्च अदालतले पुनः राहत दिने बाटो खोल्ने छ भन्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले बेपत्ता योद्धाहरूको छानबिनको कुरा र शान्ति प्रक्रियाको काम अन्तिम चरणमा रहेको जानकारी दिए । संक्रमणकालिन न्यायको विषयमा सत्ता गठबन्धनमा राम्रो बुझाई रहेको उनले बताए ।
साथै, विपक्षका दलका नेताहरु पनि कोलम्बियाको भ्रमण गरेर द्धन्द्धलाई शान्तिका कसरी परिणत गरिएको थियो भन्ने सिकेर आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंग्याउने गरी आफू लागेको बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विप्लव, एमाले नेता प्रदीप ज्ञावाली, नेपाली कांग्रेसका नेता तथा सचेतक रमेश लेखक, नेपाल समाजवादीकी नेतृ हिसिला यमी, आम जनता पार्टीका उपाध्यक्ष तिलक थापा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण