करोड भ्युजका ६ गीतको दीपकले ल्याए एल्बम
काठमाडौं । संगीतकार दीपक शर्माले आफ्नो संगीत रहेको युट्युवमा एक करोड भन्दा माथि भ्युज गएका चलचित्र गीतहरुको सँग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक गरेका छन् ।
काठमाडौंमा एक समारोहबीच बरिष्ट गीतकारहरु राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक आफैंले यो गीति सँग्रहको बिमोचन गरे ।
दीपक शर्माले संगीत गरेका ६ वटा चलचित्रका एक करोड भन्दा बढी भ्युज भएका ६ वटै गीतहरु यो सँग्रहमा छन् । जसमा चलचित्र छक्का पञ्जाको शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वरको देखन चम्पा..., चलचित्र छक्का पञ्जा ३ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र बिन्दू परियारको स्वरको पहिलो नम्बरमा..., छक्का पञ्जा ४ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र सहिमा श्रेष्ठको स्वरको दर्शन सलाम..., चलचित्र मँगलमको दीपककै शब्द तथा बिन्दू परियार र कृष्ण काफ्लेको स्वरको पर्ख पर्ख मायाँलु..., चलचित्र हल्दार सुन्तलीको लेखु सहयात्रीको शब्द तथा सहिमा श्रेष्ठको स्वरको चि मुसी ची...गीतहरु रहेका छन् ।
कार्यक्रममा बोल्दै संगीतकार दीपक शर्माले भने, ‘मैले चलचित्र तेजावबाट चलचित्र संगीत सुरु गरेको हुँ । दर्शक श्रोताको मायाँले यहाँसम्म आईपुग्दा ६ वटा गीतले एक करोड देखि ३ करोड भन्दा बढी भ्युज पाएका छन् । यिनै करोड क्लबमा पुगेका गीतहरुको सँग्रहलाई आज सार्वजनिक गरेका हुँ ।’ आफ्ना अन्य चलचित्रका आधा दर्जन गीतहरु पनि अहिले करोड भ्युजको नजिक पुगेको र ती गीतहरु केही महिनामै करोड भन्दा बढी भ्युज पुग्ने पनि उनले बताए ।
दीपकका चलचित्रका ६ वटा गीत मध्य आफुले लेखेको दुई वटा गीतले दुई देखि तीन करोड भ्युज पाएको भन्दै बरिष्ट गीतकार राजेन्द्र थापाले हरेक प्रकारको गीतलाई आफ्नो फरक शैली दिनसक्नु दीपक शर्माको बिशेषता भएको बताए । आगामी दिनमा पनि आफु र दीपकको सहकार्यमा थुप्रै गीत आउने उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण