‘जैविक विविधता संरक्षण नगरे यो शताब्दीको अन्त्यमा ४ डिग्रीसम्म तापक्रम बढ्ने खतरा’
बारा । मानवीय गतिविधिलाई नियन्त्रण गर्न नसके यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ४ डिग्रीसम्म बढ्नसक्ने जनाइएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरका सोमबार आयोजित कार्यक्रममा डिभिजन वन प्रमुख तथा वन, वातावरण विज्ञ विनोद सिंहले मानिसले आफ्ना गतिविधिलाई नियन्त्रण नगरे यही शताब्दीको अन्त्यसम्म १ दशमलव ८ देखि ४ डिग्री सेल्सियससम्म पृथ्वीको तापक्रम बढ्नसक्ने जनाए ।
‘यदि ४ डिग्रीसम्म तापक्रम बढ्यो भने मानवसँगै पृथ्वीमा धेरै प्राणीको अस्तित्व संकटमा पर्न सक्छ,’ सिंहले भने । जैविक विविधताको दृष्टिले नेपाल विश्वमा धनी राष्ट्रमध्ये पर्दछ ।
समुन्द्र सतहबाट ६० मिटरदेखि ८ हजार ८४८ मिटर उचाइको भूभाग भएकाले नेपालमा सबैखाले जीवजन्तु र वनस्पति पाइन्छ । नेपालमा १० हजार ९१ प्रकारका वनस्पतिका प्रजाति रेर्कडमा उल्लेख रहेको डिभिजन वन प्रमुख सिंहले जनाए ।
जैविक विविधताको धनी राष्ट्रको रुपमा नेपाल विश्वमा २६ औं र एसियामा ११ औं स्थानमा छ । जैविक विविधता संरक्षणका लागि नेपाल सरकारले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरु कार्यान्वयनमा रहेको वातावरण विज्ञ सिंहले जनाए ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर डिभिजन वन कार्यालय बाराले कलैया उपमहानगर वडा नं २ स्थित अमर माध्यमिक विद्यालयमा वृक्षारोपण गरेको छ ।
जैविक विविधता दिवसको अवसर पारेर फलफूल र वन प्रजातिका करिब २ सय बिरुवा लगाइएको वन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण