शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मंगलबार सरकारले ३४ अर्ब २० करोड आन्तरिक ऋण उठाउने

सोमबार, ०८ जेठ २०८०, १४ : १८
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी जेठ ९ गते ट्रेजरी बिलमार्फत ३४ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले मंगलबार ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमको ट्रेजरी बोलकबोल गर्न लागेको बैंकले ३२ अर्ब २० करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी २ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागेको हो । 

मंगलबार बोलकबोल हुने ट्रेजरीका लागि दरखास्त दिन बैंकले सार्वजनिक सूचना जारी गरेको छ । जेठ ८ गते दिउँसो ३ बजेट बोलकबोल हुने ट्रेजरीको निष्काशन बुधबार अर्थात् वैशाख जेठ ९ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले मंगलबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।  कूल निष्काशन बिलमध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ । यसअघि बैंकले जेठ २ गते २४ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप