मंगलबार सरकारले ३४ अर्ब २० करोड आन्तरिक ऋण उठाउने
काठमाडौँ । सरकारले आगामी जेठ ९ गते ट्रेजरी बिलमार्फत ३४ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले मंगलबार ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमको ट्रेजरी बोलकबोल गर्न लागेको बैंकले ३२ अर्ब २० करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी २ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागेको हो ।
मंगलबार बोलकबोल हुने ट्रेजरीका लागि दरखास्त दिन बैंकले सार्वजनिक सूचना जारी गरेको छ । जेठ ८ गते दिउँसो ३ बजेट बोलकबोल हुने ट्रेजरीको निष्काशन बुधबार अर्थात् वैशाख जेठ ९ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले मंगलबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । कूल निष्काशन बिलमध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ । यसअघि बैंकले जेठ २ गते २४ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण