यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी (सूची)

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले सरकारी वकिल कार्यालयलाई आफ्नो प्रतिवेदन बुझाएको छ । सोमबार बुझाइएको प्रतिवदेनमा ३२ जना उपर मुद्दा चलाउनुपर्ने सिफारिस गरिएको छ ।
यस प्रकरणमा प्रहरीले फरार रहेकाहरूको सूची पनि बुझाएको छ । फरार रहेका प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनीता लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी रहेका छन् । त्यस्तै, वतन नखुलेकामा गोकुल थापा र रमा थापा रहेका छन् ।
त्यस्तै, बयानमा पोलिएका तर तत्काल प्रमाण जुटाउन नसकिएका अन्य ७ जनाहरूलाई संगठित अपराध ऐन २०७० को दफा २२ र फौजदारी कार्यविधि संहित २०७४ को दफा ३५ बमोजिम जुनसुकै बेला पक्राउ गर्न सकिने पनि सिफारिस गरिएको छ । मुद्दा अभियोजनका लागि सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेको संयोजकत्वमा ८ जना वकिलहरू खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता